२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

रुसी सेनामा गएका लमजुङका साजन गुरुङको मृत्यु

काठमाडौँ- रुसी सेनामा भर्ना भएका लमजुङका अर्का युवाको मृत्यु भएको छ ।

लमजुङ दूधपोखरी गाउँपालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो । उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए ।

गुरुङका अनुसार उनको मृत्युको खबर चार-पाँच दिनअघि आएको हो । वैदेशिक रोजगारीमै रहेका उनका भाइ कुमारले साजनको मृत्युको खबर पठाएका थिए ।

गुरुङका अनुसार साजन तीन-चार महिनाअघि मात्रै रुसी सेनामा गएका थिए । उनी के कसरी रुसी सेनामा पुगे भन्नेबारे खोजी थालिएको वडाध्यक्ष गुरुङले बताए ।

साजनको मृत्युको खबर पाएपछि परिवारले काजकिरिया समेत गरेका छन् । पुस २९ गते नै परिवारले छोराको काजकिरिया सकेको वडाध्यक्ष गुरुङले बताए ।

साजनका बुवा-आमा, श्रीमती र एक छोरा छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com