२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

जाजरकोटमा १७० किलोवाटको सोलार मिनिग्रेट

जनसेवा न्युज संवाददाता

वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ । ४१७ घरपरिवार लाभान्वित हुनेगरी मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाइ बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गरे ।

जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तरपूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखा लगायत गाउँ सोलारबाट विद्युतीकरण हुन लागेका हुन् ।

स्थानीय खड्कविक्रम शाहीले भने, टुकीको भरमा थियौं, सोलार बत्ती आएपछि हामी खुसी छौँ ।’

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै नागरिकमा विद्युत पुर्‍याउन काम भइरहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com