एनआरएनलाई नेपालमा बचत खाता खोल्न खुला

काठमाडौं । अब गैरआवासीय नेपाली ९एनआरएन० हरूले नेपालका वाणिज्य बैंकहरूमा विदेशी मुद्रामै बचत खाता खोल्न पाउने भएका छन् । साथै, एनआरएनद्वारा प्रवद्र्धित कम्पनीले पनि यहाँको बैंकमा यस्तो खाता खोल्न पाउनेछन् ।
नेपाल राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले गत हप्ता चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको थियो । राष्ट्र बैंकले अहिले एकीकृत निर्देशन संशोधन गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
यसअघि एनआरएनहरूले नेपाली बैंकमा विदेशी मुद्राको मुद्दती खाता मात्र खोल्न पाउने व्यवस्था थियो । अहिले उनीहरूलाई बचत निक्षेप खाता खोल्न पनि बाटो खुल्ला गरिएको राष्ट्र बैंकका कार्याकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।