२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

महिला विश्वकप छनोटः लात्भियाको पोष्टमा इङ्ल्याण्डको २० गोल

एजेन्सी

महिला विश्वकप फुटबल छनोटमा इंग्ल्याण्डले हालसम्मकै फराकिलो गोलअन्तरको जित निकालेको छ। गएराति भएको युरोपियन छनोट अन्तर्गत समूह डीमा रहेकोइंग्ल्याण्डले लात्भियालाई २०–० गोल अन्तरमा हरायो।

इंग्ल्याण्डको जितमा लौरेन हेम्पले ४ गोल गर्दा इलन ह्वाइट बेथ मिड र आलेसिया रूसोले ह्याट्रिक गरे। इंग्ल्याण्डका लागि १० जना खेलाडीले गोल गरेका थिए।

यो सँगै इङ्ल्याण्डले समूहमा ६ खेलबाट शतप्रतिशत जित निकालेको छ।

विश्वकप महिला फुटबलको युरो छनोटका अन्य खेलमा खेलमा स्पेनले स्कटल्याण्डलाई ८–० ले हराउँदा फ्रान्सले वेल्समाथि २–० को जित निकाल्यो ।

यसैगरी रिपब्लीक अफ आयरल्याण्डले जर्जीयालाई ११–० ले हराउँदा स्विट्जरल्याण्डले लिथुआनियालाई ७–० ले, क्रोएसियाले मल्दोभालाई ४–० ले सर्वियाले बुल्गेरियालाई ४–१ ले तथा टर्कीले इजरेललाई ३–२ ले हराएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com