राप्रपाको महाधिवेशनमा प्रचण्डले गरे सम्वोधन ओलीलाई कडा प्रहार

काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन् । उनले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन् ।

मंगलबार भृकुटीमण्डपमा आयोजित उद्घाटसत्रलाई सम्बोधन गर्दै उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए । प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’

प्रचण्डले अगाडि भने, तर, नेपाल पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने रु तपाईँहरुले ठीक गर्नुभयो । ’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: