२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

गठबन्धनको भर पर्दा धेरै सिट गुमाउनुपर्‍यो : माधव नेपाल

गठबन्धनको भर पर्दा धेरै सिट गुमाउनुपर्‍यो : माधव नेपाल

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको भर पर्दा कम सिट जितेको बताएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न सुर्खेत आएका नेता नेपालले पत्रकार सम्मलेनमा बोल्दै गठबन्धनको सहारामा जित्ला भन्ने भावले पार्टीले कम कसरत गरेकै कारण धेरै सिट गुमाउनु परेको बताए । उनले एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने दाबीसमेत गरे ।

उनले मतदातामा चुनाव चिन्हको अस्पष्टताले सिट गुमाउनु परेको समेत बताए ।

‘निर्वाचन प्रणालीमा पनि त्रुटि प्रकट भए । यसको सुधार हुनुपर्छ । प्रहरी, प्रशासन र निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आरोप छन् । पैसाको चरम दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । वस्तुजस्तो किनेर देश लुट्ने प्रवृत्ति राम्रो होइन ।’

यद्यपि स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले गर्व गर्न लायक सफलता प्राप्त गरेको नेपालको दाबी छ ।

‘सत्तागठबन्धन दलहरूबीच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुन्छ’, उनले भने, ‘चुनावी समीक्षाबाट आत्मालोचना भएकोले आगामी निर्वाचनमा पनि तालमेल हुने भएको हो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com