२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

अमेरिका चीनसँग हाइपरसोनिक हतियार निर्माणको दौडमा

अमेरिकाको एयर फोर्स सेक्रेटरी फ्रान्क केन्डलले अमेरिका चीनसँग हाइपरसोनिक हतियार निर्माणको दौडमा सामेल भएको बताएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा उनले यस्तो बताएका छन्।

‘अहिले हतियारको प्रतिस्पर्धा चलिरहेको छ, संख्या बढ्नुपर्छ भन्ने छैन तर गुणस्तर जरुरी छ’, उनले भने, यो हतियारको प्रतिस्पर्धा केही समययता चल्दै आएको थियो। चिनियाँले यसलाई निकै आक्रामकरुपमा अघि बढाएका छन्।’

गत अक्टोबरमा अमेरिकी सेनाका जनरल मार्क मिल्लेले चीनले हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि गरेका थिए। विश्लेषकहरुले चीनको नयाँ हतियारलाई अमेरिकाको अहिलेको प्रणालीले रोक्न नसक्ने बताएका थिए।

यस वर्ष अमेरिकाले पनि केही हाइपरसोनिक हतियार परीक्षण गरेको छ। जसमा केही सफल र केही असफल भएका छन्। केन्डलले अहिले अमेरिका आफ्नो ध्यान हाइपरसोनिक हतियारमा केन्द्रित गरेर अघि बढिरहेको बताए

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com