२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

आजको सुनको भाउ एसप्रकारको छ

काठमाडौं. १६ मंसिर – साताको पाँचौं कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएकोमा बिहीबार स्थिर रहेर सोही मूल्य नै कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार दुई सय रुपैयाँ काय भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com