कक्षा १२ को परीक्षाफल सार्वजनिक
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिनुभयो ।
शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट जततउस्ररधधध।लभद।नयख।लउ, नेपाल टेलिकमको वेबसाइट मा गएर हेर्न सकिन्छ ।
यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।
परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।