राप्रपाको नेता राजेन्द्र लिङ्देनले गराए अध्यक्षका लागि उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी अध्यक्षका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् ।
पार्टीका जारी महाधिवेशनमा लिङ्देनले शुक्रबार दिउँसो अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन्।
राप्रपाले उम्मेदवारी दर्ताका लागि बिहान साढे ११ बजेदेखि १ बजेसम्मको समय निर्धारण गरेको थियो ।
उम्मेदवारी दर्तापछि निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गर्नेछ । लिङ्देनले अध्यक्षका लागि पूर्वअध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गर्नेछन् ।