अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ
पूजा र आकाश अभिनित :झुम्कावालीु सार्वजनिक
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ुझुम्कावालीु बोलको भिडियोमा पूजा र आकाशको नृत्य देख्न सकिन्छ ।
सार्वजनिक गीतमा मेलिना राई र मिलन अर्यालको स्वर सुन्न सकिन्छ । सुजन रेग्मीले लेखेको गीतको संगीत गायक अर्यालले नै तयार गरेका छन् । गायक अर्याल तथा गीतकार रेग्मी दुवै पेसाले इन्जिनियर हुन् ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा सुवोल थापाको करियोग्राफी रहेको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।
म्युजिक भिडियोमा निवेश अर्याल, कृष अर्याल, निकिता तिमल्सिनाको लगानी छ ।