२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

गल गाडोटको फिल्म कुवेतमा प्रतिबन्ध

कुवेत । इजरायली अभिनेत्री गल गाडोटको नयाँ फिल्म ‘डेथ अन अ नाइल’ कुवेतमा प्रतिबन्धमा परेको छ । अरबमा हलिउड फिल्म प्रतिबन्ध हुने शृंखला लामो छ । साना साना निहुँमा पनि अरब देशले फिल्ममा प्रतिबन्ध लाउने गरेका छन् तर यो पटक भने कुवेतले फिल्मको विषयलाई लिएर हैन कलाकारको कुरालाई लिएर फिल्म प्रदर्शन नगराउने निर्णय लिएको हो ।

विदेशी समाचारमा उल्लेख भएअनुसार गल गेडोटका कारण कुवेतले यो फिल्ममा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सन् २०१४ मा इजरायल र कुवेतबीचको तनावमा गल गाडोटले इजरायली सेनाको पक्ष लिएकी थिइन् । योबाहेक गाजामा भएको युद्धमा पनि उनले सेनाको वकालत गरेकी थिइन् ।

हमासमाथि उनले गरेको टिप्पणीले पनि कुवतीलाई चिढ्याएको थियो । यिनै कारण देखाउँदै कुवेतीले उनको फिल्म देशमा प्रदर्शनमा रोक लगाएका हुन् । कुवेत इजरायलसँग राम्रो सम्बन्ध भएका हरेक मानिसका विपक्षमा रहने गरेको छ । गल गडोटको फिल्म कुवेतमा प्रतिबन्ध परेको पहिलो अवसर भने होइन । गडोटको ‘वन्डर वुमन’ पनि कुवेतसँगै अन्य अरबी राष्ट्रमा प्रतिबन्धमा परेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com