२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

प्रयोगकर्तालाई ट्रयाकिङ गरेको आरोपमा गुगल र फेसबुकलाई फ्रान्सको २१ करोड युरो जरिवाना

एजेन्सी

फ्रान्सको तथ्यांक गोपनियता वाचडगले बिहिबार गुगल र फेसबुकलाई संयुक्त रुपमा २१ करोड युरो जरिवाना लगाएको छ ।

फ्रान्सेली निगरानी आयोग सीएनआईएलले गुगललाई १५ करोड र फेसबुकलाई ६ करोड युरो जरिवाना लगाउने योजना बनाएको छ ।

फ्रान्सेली प्रयोगकर्तालाई कुकी ट्र्याकिङ टेक्नोलोजी सजिलै अस्वीकार गर्न अनुमति दिन असफल भएकोमा उक्त कारबाही गरिएको बुधबार प्रकाशित एक रिपोर्टमा भनिएको छ ।

नियामकका अुनसार यदि कम्पनीले यो आदेश तीन महिनाभित्र पालना नगरेमा उनीहरुलाई प्रतिदिन १ लाख युरोको अतिरिक्त जरिवाना भर्नुपर्ने हुन्छ ।

‘हामी आयोगको निर्णयमाथि समीक्षा गरिरहेका छौं र सम्बन्धित निकायसँग काम गर्न प्रतिबद्ध छौं, मेटाका प्रवक्तालाई उद्धृत गर्दै उक्त रिपोर्टमा भनिएको छ ।

‘हाम्रो कुकी कन्सेन्ट कन्ट्रोल्र्सले मानिसलाई आफ्नो डाटामा थप नियन्त्रण प्रदान गर्दछ । फेसबुक र इन्स्टाग्राममा नयाँ सेटिङ मेनुसहित जहाँ मानिसहरुले कुनै पनि समयमा आफ्ना निर्णयहरु पुनः हेर्न र व्यवस्थापन गर्न सक्छन् । हामी यी नियन्त्रणहरु विकास र सुधार गर्न जारी राख्नेछौं, प्रवक्ताले थपेका छन् ।

यसबारे गुगलले भने केही प्रतिक्रिया दिएको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com