२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

ओस्करमा इतिहास रच्ने जेन क्याम्पियन

काठमाडौँ — जेन क्याम्पियनले ९४ वर्षे ओस्कर इतिहासमा द पावर अफ द डगुबाट निर्देशनमा ओस्कर अवार्ड जित्ने तेस्रो महिलाका रूपमा इतिहास रचेकी छन् । सन् १९९४ मा पियानोुबाट यो विधाको मनोनयनमा परेकी उनले उक्त वर्ष स्टिभन स्पिलवर्गको सिन्डलर्स लिस्टअघि उत्कृष्ट ओरिजिनल स्क्रिनप्लेुमै चित्त बुझाउनु पर्‍यो ।

२७ वर्षपछि उनै निर्देशक स्पिलवर्गको ुवेस्ट साइड स्टोरीुसँगै उत्कृष्ट निर्देशनमा मनोनीत उनले यो पटक भने इतिहासमा आफ्नो नाम लेखाउन सफल भएकी छन् । उनै स्पिलवर्गको फिल्मलाई उछिन्दै निर्देशनको ट्रफी उचालेकी उनी भविष्यमा यो जितमा अन्य महिला फिल्मकर्मीहरुको सहभागिता रहनेमा विश्वास राख्छिन् ।

ुआजको जितमा निकै गर्व लागिरहेको छ । मेरो फिल्म र मेरा कलाकारहरूका लागि खुसी छु । साथै, ओस्कर जित्ने अर्की महिला फिल्मकर्मी हुन पाउँदा खुसी छु जसलाई अब चौथो, पाँचौं, छै‌ँटौँ, सातौं, आठौं महिलाहरुले जित्दै जानेछन् । यो क्रम तीव्र रुपले अगाडि बढिरहेको छ । यो आवश्यक पनि थियो । समानताले अर्थ राख्छ,ुअवार्ड जितिसकेपछि मिडियालाई भनिन्,ुमहिला फिल्मकर्मीहरुमा छुटै ऊर्जा देखिन्छ । सायद मिटू अभियानले महिलाहरुलाई यो समय उनीहरुको हो भन्ने आभास गराइदिएको छ । मलाई लाग्छ अब हामी महिलाले बनाएका राम्रा फिल्महरु हेर्न पाउनेछौं । त्यसका लागि म निकै उत्साहित छु ।

यसअघि सन् २००९मा द हर्टलकरुबाट क्याथ्रिन बिगेलो र सन् २०२१ मा चीनकी क्लोइ चाउले नोम्याडल्यान्डुबाट ओस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए । यो विधामा अहिलेसम्म पाँच महिलाका नाम मनोनयनमा परेका छन् । बिगेलो, चाउ र क्याम्पियनसँगै लीना वर्टमुलर, सोफिया कोपला र ग्रेटा गेरविकले यो विधामा आफ्नो उपस्थिति जनाइसकेका महिला हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com