देशमा शान्ति स्थिरताका लागि धर्मको विषयमा जनमत संग्रह गर्नुपर्ने : रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफूले राजा महेन्द्रको गुण गाउन नछाड्ने बताउनुभएको छ ।
ललितपुरको जावलाखेलमा भएको पार्टी एकता कार्यक्रममा अध्यक्ष मिश्रले देशमा माओका माला लगाउनेहरुले पृथ्वीनारायण शाह र राजा महेन्द्रलाई गाली गरिरहेको आरोप लगाउनुभयो ।
माओको माला लगाएर महेन्द्रलाई सराप्ने चाहिा राष्ट्रवादी कसरी हुनसक्छ ? उहाँले प्रश्न गर्नुभयो, ‘यो देशमा माओको गुण गाउन हुने तर महेन्द्रको गुण गाउन किन नहुने ?
देश हिन्दु राष्ट्र हुँदा कसैलाई पनि धर्मको नाममा हानी र घात नभएको दाबी गर्दै अध्यक्ष मिश्रले जनताको मन दुखेको बताउनुभयो । धर्मका विषयमा जनताको मत बुझ्नुपर्छ भन्दा किन अरुको टाउको दुखेको भन्दै उहाँले प्रश्न गर्नुभयो ।
देशमा शान्ति स्थिरताका लागि धर्मको विषयमा जनमत संग्रह गर्नुपर्ने बताउनुभयो ।