२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बालुवाटारमा बैठक सुरु

काठमाडाैं– प्रधानमन्त्री निवास बालुवाटारमा १० दलका शीर्ष नेताहरुकाे बैठक सुरु भएको छ । सत्ता साझेदार दलहरुबीचको बैठक भर्खरै सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिने तयारीमा छन् । सोमबार उनले विश्वासको मत लिने कार्यक्रम तय भइसकेको छ ।

विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने उनको योजनाअनुरुप आज १० दलका शीर्ष नेताहरु बालुवाटारमा भेला भएका हुन् ।

विश्वासको मत र मन्त्रिपरिषद विस्तारकै लागि आज शीर्ष नेताहरुबीच बैठक बसिएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com