२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

हमासको कब्जामा रहेका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको पनि नाम समावेश

काठमाडौं । इजरायली अधिकारीहरूले हालै सार्वजनिक गरेका नयाँ विवरण अनुसार, हमासको नियन्त्रणमा रहेका केही बन्धकहरू अझै जीवित रहेको विश्वास गरिएको छ, यद्यपि ती सबैको अवस्थाबारे पूर्ण निश्चित जानकारी प्राप्त भएको नभएको अमेरिकी समाचार एजेन्सीले जनाएको छ ।

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको पनि नाम समावेश छ । इजरायली सेनाका प्रवक्ताका अनुसार, अक्टोबर ७, २०२३ मा हमासद्वारा गरिएको भीषण आक्रमणपछि करिब २५० जनालाई अपहरण गरिएको थियो।

तीमध्ये सयौँलाई विभिन्न युद्धविराम सम्झौताहरू र कैदी आदानप्रदानमार्फत फिर्ता गराइएको छ। तर अझै ९० जनाभन्दा बढी व्यक्तिहरू गाजा क्षेत्रमा हराइरहेका छन्( तीमध्ये तीसजना जति जीवित रहेको अनुमान गरिएको छ।

वासिङटन पोष्टले प्रकाशित गरेको एपीको रिपोर्टमा जीवित रहेको अनुमान गरिएका बन्धकहरूमा विपिनको नाम उल्लेख छ ।

इजरायली सेनाको बन्धक टास्क फोर्सले भनेको छ( ‘हामीसँगका प्रमाणहरूले केही बन्धकहरू अझै जीवित रहेको संकेत गर्छन्, तर गाजाको अवस्थाका कारण प्रत्यक्ष प्रमाण प्राप्त गर्न कठिन छ।’

एपीका अनुसार, इजरायलले गाजाबाट फेला परेका भिडियो फुटेज, आवाज र मोबाइल संकेतहरूका माध्यमबाट केही बन्धकहरू जीवित रहेको पत्ता लगाएको हो।

त्यस्तै, डीएनए परीक्षण र चिकित्सकीय विश्लेषणका आधारमा केही मृतकको पहिचान पनि पुष्टि भएको छ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com