पाँच दलीय गठबन्धनलाई कमजोर बनाउन धेरै तिरबाट प्रयास भए प्रचण्डको दावी

शनिबार भरतपुरमा प्रेस सेन्टरको चौंथो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले एमालेका कार्यकर्ता भेला पञ्चायतकालको अन्त्यतिर निकालिएका पञ्चर्यालीजस्तो भएको बताए।

२०४५ सालतिर ठूला ठूला पञ्चर्यालीहरू निस्कन्थे, पञ्चायतबाहेक अन्त त जनता लागेकै छैनन् झैं देखाउन खोज्थे। चितवनमा भएको कुम्भमेलाले त्यसैको झल्को दिएको छ, प्रचण्डले भने, २०४६ सालमा पञ्चायत गयो, पैसा दिएर, धाकधम्की देखाएर गरिएको अहिलेको कुम्भमेलाको पनि कुनै राजनीतिक अर्थ छैन, उनले विचार बिनाको कुम्भमेला गरिएकाले कुनै राजनीतिक अर्थ नहुने दाबी गरे।
अध्यक्ष प्रचण्डले महाधिवेशनपछि नेकपा एमालेमा सामन्ती, निरङ्कुश र मण्डलेकरण प्रवृत्ति थप हाबी भएको दाबी गरे। यसविरूद्ध कलम चलाउँदै प्रतिगमनलाई रोक्न भूमिका खेल्न प्रचण्डले पत्रकारहरूलाई आग्रह गरे।
भरतपुरमै भएको एक कार्यक्रममा बोल्दै प्रचण्ले नेकपा एमालेका कार्यकर्ताहरू चितवनको विकास हेरेर फर्किएको बताएका थिए।
म यस अर्थमा खुसी छु कि उनीहरूले यहाँ हामीले गरेको विकास हेरे प्रचण्डले भने, चितवनमा जिल्लाको राजनीतिक महत्व के हो भन्ने पनि बुझेर गए।
प्रचण्डले संसद बैठक बोलाउन लाग्दा कतिपयले न्यायाधीशलाई महाअभियोग लगाउन र एमसिसी पास गर्न खोजेको भनेको भन्दै उनले दुवै विषय राजनीतिक सहमतिमा मात्रै अघि बढ्ने बताए।
पाँच दलीय गठबन्धनलाई कमजोर बनाउन धेरै तिरबाट प्रयास भइरहे पनि गठबन्धन दह्रो भएर उभिने बताए।