२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

कांग्रेसले भन्यो : प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँ

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने स्पष्ट पारेको छ ।

बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्नसक्ने बताएका हुन् । उनले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट गर्नसक्ने स्पष्ट पारे ।

कांग्रेस केन्द्रीय समितिको बिहीबारको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रस्ताव पेस गरेको बताए । प्रस्तावमा पार्टीको सांगठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा कांग्रेस कार्यक्रम, मन्त्रालयका कार्य सम्पादन भएका विषयहरूमा मन्त्रीको धारणा सुन्ने र त्यसमाथि छलफल सुरु गर्ने काम भएको बताए । उनले बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवार मनोनयन, सांगठनिक विषय लगायतका विभिन्न ५ वटा विषयमा छलफल भएको बताए ।

आजको बैठकमा पार्टीबाट सहभागी मन्त्रीहरूमध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले सरकारमा गरेका कामकारबाहीबारे जानकारी गराएको र बाँकी मन्त्रीहरूले शुक्रबारको बैठकमा जानकारी गराउने बताए ।

उनले बैठकमा राष्ट्रिय सभामा सदस्यको चयन गर्दा पार्टीले सबैलाई न्याय गरोस् भन्ने धारणा सदस्यहरूले राखेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com