२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

हामीले पदबाट राजीनामा दिने कुरा केवल हल्ला : प्रभु साह

रौतहट । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रभू साहले आफूहरुले पदबाट राजीनामा दिन लागेको भनेर गलत प्रचार गरिएको बताएका छन् ।

रौतहटमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेता साहले एमालेमा पदाधिकारी रहेको पूर्व माओवादी नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असंतुष्ट भएर राजिनामा दिने कुरा केवल हल्ला मात्र भएको बताएका स्पष्ट पारेका हुन् ।

साहले प्रतिक्रियावादी शक्तिहरुले जनतामा भ्रम छर्न यस्ता गलत समाचारहरु फैलाएको भन्दै त्यस्ता हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे ।

‘हाम्रोभित्र फुट गराउने, क्याडेटमा विवाद उत्पन्न गराउने, मुढभेड गराइदिने उनीहरुको कामै हो’ उनले भने, ‘तर हाम्रो काम भनेको जनता उत्साह पैदा गर्ने, भ्रम हटाउने र गर्डगडाहाटको साथमा आफ्नो मिसनलाई अगाडि बढाउने हो । त्यसैले यस्ता समाचारहरु आएमा नसुनिकन खारेज गरिदिनुहोला।’

आफुहरु समृद्धिको लडाइमा रहेका यस्ता हल्लाहरुले कुनै असर नगर्ने भन्दै उनले देशलाई समृद्ध बनाउन नेकपा एमालेले मात्र सक्ने दावी गरे।

मधेस कम्युनिष्टको किल्ला

मधेस प्रदेशको विकासको लागि पार्टी अध्यक्ष ओली एकदमै चिन्तित भएको बताउँदै उनले मधेस प्रदेशलाई समृद्ध बनाउन सम्भव भएको तर त्यसको लागि नेकपा एमालेको सरकार हुनुपर्ने उनको भनाइ छ ।

उनले मधेस प्रदेश कम्युनिष्टको भूमि भएकोकाले यसमा कसैको दाल नगल्ने भन्दै यसलाई पुनः कम्युनिष्टमय बनाउन सम्पूर्ण कार्यकर्तालाई आपसी मतभेद भूलेर एकढिक्का भएर अगाडि बढ्न निर्देशन पनि दिए ।

अर्को एक प्रसंगमा उनले पाँच दलिय गठबन्धनले हार्ने डरले संविधानतः ६ महिनाभित्र गर्नुपर्ने उपनिर्वाचन पनि नगरेको दावी गर्दै उनले गठबन्धन सँधै जनतामा जान डराउने र चुनाव गर्नुलाई प्रतिगमन भन्ने गरेको आरोप लगाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com