२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

काभ्रेमा बम डिस्पोज गरेपछि सवारी साधन सुचारु

काभ्रेमा बम डिस्पोज गरेपछि सवारी साधन सुचारु

काभ्रे । बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेपछि सवारी साधान सुचारु भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट खटिएको धुलिखेलले डिस्पोज गरेपछि सवारी साधान सुचारु भएको हो ।

खतरा लेखिएको प्रेसर कुकर बम राजमार्गमा देखेपछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । सो खबर पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट खटिएको बम डिस्पोजल टोलीले झन्डै दुई घण्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो ।

बम राख्नेको खोजी भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ ।

काभ्रे प्रहरीले बन्दकर्ताले आजको बन्द सफल बनाउन सो बम राखेको आशंकासहित अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com