२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

गठबन्धको हैसियत बैशाख ३० गते देखाइदिन्छौँ : अध्यक्ष ओली

बझाङ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशभरी छाएको एमालेको लहरले पाँच दलीय गठबन्धनको हैसियत देखाइदिने दाबी गरेका छन् ।

बझाङमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा एमालेले गठबन्धनको हैसियत देखाइदिने बताए ।

उनले भने, ‘पाँच वटा बाख्रा एक ठाउँमा हुँदैमा भैँसी जत्रो हुँदैन।’

साथै उनले गठबन्धनलाई रिसाएको बिरालोको संज्ञासमेत दिएका छन् । उनले हाल गठबन्धनको अवस्था रिसाएको बिरालोजस्तै भएको उल्लेख गरे ।

गभर्नरलाई निलम्बन गरिएको प्रशंग उल्लेख गर्दै उनले भने, अहिले पाँच दलीय गठबन्धको हालत रिसाएको बिरालोजस्तो भएको छ । मैले पहिले पनि भन्ने गरेको थिएँ । हिन्दीमा एउटा उखान छ । खिसियानी बिल्ली खम्बा नोचे अर्थात रिसाएको बिरालेले खम्बा चिथोर्छ । त्यस्तैगरी एमालेसँग रिसाएको गठबन्धनले गभर्नरलाई बर्खास्त गरियो।’

अध्यक्ष ओलीले गठबन्धनकै दलहरुका कार्यकर्ताहर एमालेमा प्रवेश गर्नेको लर्को रहेको दाबी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com