गण्डकी प्रदेश अपडेट : २०० मत गन्दा शुक्रराजको अग्रता

जनसेवा न्यूज संवाददाता
नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । खसेको ११४६ मत मध्ये २०० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले १०६ र अर्जुनप्रसाद जोशीले ९५ मत पाएका छन् ।
गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो । मतगणनाका सवै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए ।
उनले निर्वाचन साँझ ५ बजे सकिएको भएपनि सवै प्रक्रिया पूरा गर्दा मतगणना गर्न ढिला भएको बताए । गण्डकीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन ।