२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

कमल थापा अनुपस्थित भए राप्रपाका नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

आज आइतवार काठमाण्डौमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिनुभयो । त्यसपछि नवनिर्वाचित उपाध्यक्ष र महामन्त्रीहरूलाई बस्नेतले शपथ गराउनुभएको थियो । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङ्देनले शपथ खुवाउनुभएको थियो ।

शपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्षद्वय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित हुनुभएको थियो भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी हुनुभएको थिएन । कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गर्नुभएको थियो ।

लिङ्देनको नेतृत्वमा आठ जना पदाधिकारी र एक सय केन्द्रीय सदस्य निर्वाचित भएका छन् । राप्रपाको एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com