२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

छोटो समयमै हामी संगठन विस्तार गर्न सफल भयौं : कमल थापा

छोटो समयमै हामी संगठन विस्तार गर्न सफल भयौं : कमल थापा

जनसेवा न्युज डटकम संवाददाता

राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो अवधिमै देशमा ७७ ओटै जिल्लामा पार्टीको संरचनाहरु खडा भइसकेको बताएका छन् । सातै प्रदेशमा पार्टी कमिटी गठन भएकोले निर्वाचनको तयारीमा जुटेन कुनै अफठ्यारो नरहेको अध्यक्ष थापाले बताए ।

सुर्खेतको वीरेन्द्र नगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आफ्नो पार्टीले बोकेको विचार र सिद्धान्त सहि भएको दाबी गरे । हालै हामीले सातै प्रदेशमा बुद्धिजीवी वर्ग र समाजका सचेत वर्गसँग अन्तक्रिया गर्यौ । सो क्रममा उहाँहरुले पार्टीको सिद्धान्त र विचार ठीक छ भन्ने प्रतिक्रिया दिनुभएको छ, थापाले भने ।

कार्यकर्तामा देखिएको उत्साहले अहिलेको व्यवस्था देखिएको कमी कमजोरी हटाउन दवाव दिन पर्याप्त देखिएको थापाको भनाइ छ । उनले युद्ध स्तरमा पालिकाहरुमा संगठन विस्तार गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com