२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

वैद्य, विप्लव, भटृराईसँग ‘एकता वार्ता’ शुरु भइसकेको छ : महरा

काठमाडौं। पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादीबाट टुक्रिएर गएका डा. बाबुराम भटृराई, बैद्य, विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेको बताएका छन्। उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

उनले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताए । उनले अहिले पार्टी दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा वि सं २०६४ कै अवस्थामा फर्कने बताए। रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टृै मूलधारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पुर्‍याउने महराले विश्वास व्यक्त गरे।

अन्य दलमा जस्तो माओवादीमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदीवासी, जनजाति, घले, गुरूङ,सबै क्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए। माओवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह पनि गरे।

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो। महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गर्नाका साथै कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमा समेत जानकारी लिएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com