२०८१ फाल्गुन ४ - Sun Feb, 2025 -

Janasewa News

धनराज गुरुङको प्रश्न – निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही किन नगरेको ?

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो संलग्नता नहरेको स्पष्ट पारेका छन् ।

उनले आफूमाथि निष्पक्ष छानबिनका लागि संसदमा कुरा राखिसकेको बताउँदै आफू भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली भएको बताए ।

‘सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निष्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म सधैँ भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ ।’

उनले रास्वपाका कार्यकर्ताले आफ्नो तस्बिर राखेर आन्दोलन गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले ज्योति गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही किन नगरेको ? भनेर प्रश्न गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com