२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

पत्रकारीता छोडेर सक्रीय राजनीति तिर लाग्ने महासंघकी उपाध्यक्ष बाला अधिकारी की घोषणा

सार्वजनिक पद धारण गरेका कर्मचारीले कुनै पनि राजनीतिक पार्टीको पद धारण गर्न मिल्दैन । त्यस्तै पत्रकार महासंघको बिधानमा पनि पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने उल्लेख गरिएको छ । यसै सिलसिलामा नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले आफ्नो पदबाट राजीना दिएको उनले स्यंम पुस्टि गरेकी छिन् ।

अधिकारी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्न सफल भएकी छिन् । उनले आफू राजनीतिमा सक्रिय भएकाले महासंघको उपाध्यक्षबाट राजीनामा दिएको सामाजिक सञ्जालमा लेखेकी छन्। उनले लेखेकि छिन् ‘महासंघको २६औं महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर नेतृत्वमा पुर्याउनुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु।

म महासंघको नेतृत्वमा नरहे पनि मतको उच्च सम्मान र हर हमेशा तपाईंहरुको माझ सुख दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर । पत्रकारीता छोडेरै राजनीतिमा होमिएकी बालाले अब आफु पुर्ण रुपमा राजनीति तिरै लाग्ने बताएकी हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com