२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कमल थापले गरे राप्रपा बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरू भएको छ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचित कार्यसमितिको पहिलो बैठक बोलाएका हुन्।

बैठकमा राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी सहभागी छन्।

अर्का निवर्तमान अध्यक्ष कमल थापा भने बैठकमा सहभागी भएका छैनन्।

‘उहाँलाई मैले सोधेको थिएँ, बैठकमा बोलाइएको जानकारी छैन भन्नुभयो,’ उनीनिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने।

पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले आफूलाई हराएको आरोप लगाइरहेका थापा बैठकमा नगएको कारणबारे स्पष्ट कारण खुलेको छैन।

बैठकमा थापा पक्षले पार्टीको आन्तरिक राजनीतिमा निर्मल निवासले हस्तक्षेप गरेकोबारे कुरा उठाउने भएका छन्।

पूर्वअध्यक्षहरू पदेन केन्द्रीय सदस्य हुन्छन्। पूर्वअध्यक्षत्रय तीनै जनालाई बैठकमा बोलाइएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए।

‘तीनै जना निवर्तमान अध्यक्षहरूलाई बैठकबारे जानकारी गराउँदै बोलाइएको थियो,’ श्रेष्ठले भने।

बैठकमा अध्यक्ष लिङ्देनले निर्वाचित कार्यसमितिको एजेन्डा राख्ने बताइएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com