२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पुटिनलाई बाइडनको आग्रह : तनाव कम गरेर कूटनीतिमा फर्किनुस्

२२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको सैन्य तनाव कम गर्न आग्रह छन् ।

बाइडनले मंगलबार पुटिनसँग भएको दुई घण्टा लामो भर्चुअल बैठकमा युक्रेन वरपर रुसी सेनाको बढ्दो उपस्थितिका कारण अमेरिका र युरोपेली मुलुकहरू निकै चिन्तित भएको बताएका थिए ।

भर्चुअल बैठकपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा युक्रेनसँगको सैन्य तनाव थप चर्काएमा रुसविरुद्ध कडा कदम चालिने उल्लेख छ । विज्ञप्ति अनुसार बाइडनले युक्रेनको भौगोलिक अखण्डताप्रति अमेरिकी समर्थन दोहोर्‍याएका छन् ।

‘राष्ट्रपति बाइडनले युक्रेनको सार्वभौमिकता तथा भौगोलिक अखण्डताप्रति आफ्नो समर्थन पुनस् दोहोर्‍याउनु भएको छ र तनाव कम गर्दै कूटनीतिमा फर्किन अपिल गर्नु भएको छ’, ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, भर्चुअल बैठकमा पुटिनले आफ्नो सीमाना नजिकै नेटो सेनाको उपस्थिति र हतियार तैनाथीलाई लिएर चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

उनले अमेरिकी समकक्षीसमक्ष नेटो सेना पूर्वतर्फ थप विस्‍तार नहुने र युक्रेन लगायतका मुलुकमा अत्याधुनिक हतियार तैनाथ नगरिने कुरालाई सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

पुटिनले नेटो गठबन्धनमाथि रुसी सीमा नजिक आफ्नो उपस्थिति मजबुत पारिरहेको र ‘युक्रेनी भूमि कब्जा गर्न खतरनाक प्रयास’ गरिरहेको आरोप लगाएको क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com