२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

विद्यालयमा पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने शिक्षामन्त्रीको उद्घोष

नवलपरासी । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

नवलपरासी –बर्दघाट–सुस्तापूर्व०को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेपछि विद्यार्थीहरुलाई किशोरावस्थाबाटै उद्यमशीलतातर्फ अगाडि बढ्न प्रेरणा मिल्ने मन्त्री पौडेलको भनाइ छ ।

अहिले परीक्षणका लागि केही विद्यालयमा मात्रै पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारीमा छौँ, उहाँले भन्नुभयो, आगामी तीन वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः कार्यक्रम लागू गर्दै जानेछौँ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com