२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सीसीएमसीको निर्णय माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने

काठमाडौं । सरकारले मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको अवस्थालाई मध्यनजर गर्दै मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

कतिपय विद्यालयमा हिउँदे बिदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरिएको प्रवक्ता सुनिता नेपालले जानकारी गराएकी छन् । उनले भनेकी छन्, ‘यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।

प्रवक्ता अधिकारीका अनुसार प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरिएको छ । त्यसोत, पछिल्लो समय नेपालमा तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको छ ।
आज एकै दिनमा मुलुकभर १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com