आज माओवादी केन्द्र स्थायी कमितटी को बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ।
विहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सम्मेलनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।
राष्ट्रिय सम्मेलन अन्तर्गत माओवादीले वडा र स्थानीय तहको सम्मेलन गरिसकेको छ। मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ।