२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

अब पूँजीगत खर्च रफ्तारमा हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब पूँजीगत खर्च रफ्तारमा हुने बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले नीतिगत प्रक्रियाहरु, प्रतिस्थापन विधेयक पारित लगायतले केही ढिलाइ भएको भन्दै अब पूँजीगत खर्च रफ्तारमा हुने बताएका हुन् ।
सरकारले राजश्व प्रणाली, खर्च प्रणाली लगायतमा सुधार गर्ने उनले जानकारी दिए । मन्त्री शर्माले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउन प्रोत्साहन गर्ने, उत्पादन मुलुक २० वटा क्षेत्र छनौट गरि त्यसमा लगानी बढाउने जानकारी पनि दिए ।

मन्त्री शर्माले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताए । बेमौसमी वर्षाका कारण खर्बौंको क्षति भएको भन्दै उनले यी चुनौतीका बावजुद आर्थिक बृद्धिदरको लक्ष्य भेटिने दाबी गरे ।

अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या पनि छिटै समाधान हुने विश्वास उनको छ । बैठकमा उनले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ सय मिलियन र विश्व बैंकबाट ३ सय मिलियन अमेरिकी डलर ऋण लिने तयारी भइरहको जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com