२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेपालको शान्ति प्रक्रियाको मोडल सबैका लागि उदाहरणीय : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरूलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताएका छन् । बिहीबार राति अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले द्वन्द्वको समाधानका लागि नेपालले लिएको शान्ति प्रक्रियाको मोडल सबैका लागि उदाहरणीय भएको बताएका हुन् ।

उनले लोकतन्त्र र लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको अनुभव सुनाउँदै शान्ति प्रक्रियामार्फत् भएका उपलब्धिहरूको चर्चा गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेपालमा शान्ति प्रक्रियाको अभिन्न अङ्गका रूपमा निर्वाचित संविधानसभाले लोकतान्त्रिक र समावेशी संविधानको निर्माण गरेको उनले बताए ।

सम्बोधनमा प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाटै जनताको आकांक्षा पूरा गर्नुपर्नेमा जोड दिँदै नेपालले लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकासका विषयलाई प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्री देउवाले महिला सशक्तिकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन, समावेशी प्रतिनिधित्व र शान्ति प्रक्रिया पूरा गर्नेलगायतका विषयमा नेपालको प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले नागरिकको मताधिकार, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, स्वतन्त्र न्यायपालिका, नागरिक स्वतन्त्रताको संरक्षणजस्ता विषयवस्तुहरू नेपालको बहुदलीय प्रजातन्त्रका प्रमुख विशेषता भएको पनि बताएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com