२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

मेक्सिकोको चियापासमा ट्रक पल्टिँदा ५३ आप्रवासीको मृत्यु

टक्स्टला गुटिरेज, मेक्सिको । मेक्सिकोमा सडक दुर्घटनामा परी कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । विहीबार दक्षिणी राज्य चियापासमा ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दुर्घटना भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दू हो।

प्रारम्भिक रिपोर्ट अनुसार उक्त दुर्घटनामा अन्य ५८ जना पनि घाइते भएका छन् जसमध्ये तीनको अवस्था गम्भीर छ। अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको छ र तीन जना गम्भीर घाइते छन्’, स्थानीय कार्यालयले जनाएको छ ।

आप्रवासीहरू ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको नागरिक सुरक्षा अधिकारीहरूले पत्रकारहरूलाई भनेका छन् । ‘बाँचेकाहरूको बयान अनुसार, तिनीहरूमध्ये अधिकांश ग्वाटेमालाका हुन् लुइस म्यानुएल गार्सियाले भने ।

चालकले गाडीको तीव्र नियन्त्रण गुमाएका कारण दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com