२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

जब अमेरिकामा तीन वर्षीय बालकले आफ्नै बहिनीलाई गोली हानि मारे

सानडिएगो- अमेरिकाको सान डिएगो सहरको फलब्रुक क्षेत्रमा ३ वर्षीय दाजुले आफ्नै १ वर्षीया बहिनीको गोली हानी हत्या गरेका छन् ।

यो घटना गत सोमबार दिन भएको हो, जब एक तीन वर्षीय दाजुले खेल्दै गर्दा गोलीले भरिएको बन्दुक समातेर बहिनीलाई गोली हानेको थियो।

सिएिस ८ को रिपोर्ट अनुसार सान डिएगो काउन्टी शेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जार्जुराले घटनाको बारेमा जानकारी दिएका छन्।

लेफ्टिनेन्ट जोसेफ जार्जुराले एक प्रेस विज्ञप्ति जारी गर्दै भने कि सान डिएगो शेरिफले लगभग बिहान ७:३० बजे फोन प्राप्त भएको थियो ३ वर्षीय दाजुले आफ्नी १ वर्षीया बहिनीलाई गलतीले गोली हानेको छ। सूचना प्राप्त हुनासाथ सान डिएगो शेरिफ प्रहरी बलसहित घटनास्थल पुगेका थिए ।

प्रहरी टोली घटनास्थलमा पुगेपछि ३ वर्षीय बालकको हातमा भरुवा बन्दुक र १ वर्षीया बालिका टाउकोमा गोली लागेको अवस्थामा भुइँमा लडिरहेको देखे । सान डिएगो सेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जरजुराले परिवारको सम्मानका कारण उनको नाम खुलाउन नसकेको बताए । प्रहरीले पीडितलाई तुरुन्तै नजिकैको पालोमार अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।

शेरिफ विभागले मृत्यु भएकी बालिकाको नाम भने खुलाएको छैन । घटनाको अनुसन्धान गरिरहेको टोलीले घटनाको थप विवरण संकलनको लागि काम गरिरहेको जनाएको छ ।

अनुसन्धान टोलीले घटनाबारे अन्य कुनै जानकारी भएमा हत्या युनिटमा सम्पर्क गर्न आग्रह गरेको छ । यस बाहेक शरिफ विभागको टोलीले अपराध रोक्ने उपाय पनि साझा गरेका छन\, जसमा अपराध रोक्न सुझाव दिन आग्रह गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com