भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाण्डौँ । भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं.७ गुण्डु बस्ने २ जना मोटरसाइकल दुर्घट्नामा घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सुर्यविनायकबाट गुण्डुतर्फ तीव्र गतिमा जाँदै गरेको बाग्मती प्रदेश ०२.०३३.प ७१७३ नं.को मोटरसाइकल रातोपाटी नजिक आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर दुर्घनटना भएको हो ।
मोटरसाइकलमा पछाडी सवार वर्ष ३२ को रवीन्द्र थापाको मृत्यु भएको हो । सोही ठाउँका चालक वर्ष ३७ का सुरेन्द्र बस्नेत घाइते भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्र।ना।उ।राजु पाण्डेले जानकारी दिए ।
शुक्रवार भएको दुर्घटनामा गम्भीर घाइते बस्नेत र थापालाई उपचारका लागि मध्यपुर अस्पताल थिमिमा पठाएको र उपचारकै क्रममा राति ९ बजेर २० मिनेटमा थापाको मृत्यु भएको जनाइएको छ । चालक बस्नेतको मध्यपुर अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी प्र।ना।उ। पाण्डेले बताए ।
मृतक थापाको लाश पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा पठाएको र मोटरसाइकल महानगरीय प्रहरी वृत्त जगतीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।