२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक

एजेन्सी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याकभएको छ । शनिबार राति केहीबेर मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको हो । उनको अकाउन्ट ह्याक गरेर ह्याकरले ‘बिटक्वाइन’लाई वैधता दिने ट्वीट गरेको थियो । उक्त ट्वीटमा एउटा लिङ्क पनि शेयर गरिएको थियो जसमा गएर बिटक्वाइन निःशुल्क दाबी गर्न भनिएको थियो ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले मोदीको अकाउन्टमा त्यस्तो ट्वीट आएलगत्तै ‘केही समयका लागि अकाउन्ट कम्प्रोमाइज भएको’ भन्दै उक्त अकाउन्टबाट आएको ट्वीटलाई बेवास्ता गर्न भनेको थियो । राति दुई बजेर १४ मिनेटमा मोदीको अकाउन्टबाट एउटा ट्वीट गरिएको थियो जसमा लेखिएको थियो– भारतले आखिर बिटक्वाइनको लिगल टेन्डरका रुपमा स्वीकार गरेको छ । सरकारले आधिकारिक रुपमा ५०० बिटक्वाइन खरिद गरेको छ र त्यसलाई देशका सबै नागरिकलाई बाँड्दैछ ।

प्रधानमन्त्री कार्यालयले उक्त ट्वीट डिलिट गर्नुअघि कयौंले त्यसको स्क्रिनसट लिए । उक्त स्क्रिनसटलाई ट्वीटरमा धेरैले शेयर गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com