ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम त्रिवेणी बजारको होटलमा मृत्युअवस्थामा भेटिए
![](https://www.janasewanews.com/wp-content/uploads/2021/12/1980644570मृत-फेला-1.jpg)
काठमाण्डौँ । नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् ।
शनिबार राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।