नेपाली जनताले राष्ट्रघाती सम्झौता गण्डक, कोशी, महाकाली विर्सिएका छैनन् सुशिल नाथ योगी

लेखक: युवा नेता तथा पुर्व जनमुक्ति सेना – सुशिल नाथ योगी
दलाल सत्ताको नाईके,प्रतिगमनको अगुवा,अनाआवस्यक रुपमा संसारलाई दमन गर्ने,क्षत बिक्षेत पार्ने,साराको सारालाई अस्थिरतामा लैजाना हदैसम्मको कसरत गर्ने अमेरिकि सम्राज्यबादको प्रमुख ऐजेण्ट,गणतन्त्रका नायक र बैज्ञानिक समाजबादको अबको एउटा मात्र बिकल्प भन्दै सिङ्गो जनसमुदायको बिचमा स्पस्ट पार्ने महान बिचार र खुबि भएकाहरुलाई बिनाकामका गुलेलि चलाउन सीप नभएका भन्दै नाटक मन्चन गर्ने नेपाली प्रतिक्रियाबादको नाईके काङ्ग्रेस पार्टीका सभापति शेर बहादुर देउबाले २८ गते संसद बैठक बोलाउदै छन् भन्ने कुरा बारम्बार सुन्दै छु र सामाजिक संजालमा पनि पाईरहेको छु ।

हो तिम्रो गण्डक सम्झौता, तिम्रो कोसि सम्झौता,तिम्रो महाकाली सम्झौता, तिम्रा तिनी धेरै –धेरै सम्झौताका बिरुद्धमा केही एकात नेता र समूह उतिबेला उर्लेहोला । समग्र जन्ता उर्ले र जन्ताका जनप्रिय पार्टीका नेता कार्यकर्ताले उनै जनताहरुलाई कमाण्डिङ्ग गरे भने तिमिहरु त के तिमिहरुका भाबि सन्तान र खलकहरु सम्मलाई के कति असर पर्छ त्यो कुरा समयमै सोचिराख । सत्तासिन ब्वासाहरु,शक्तिशालि शाषकहरुलाई घुडा टेकाउन, धुलो चटाउन, घमण्ड तोड्न,महल फोड्न पछि नपरेका हाम्रो देशका जन्ताहरु तिमिलाई सुटुक्क गफ गर्न र पास गराउन दिन्छन् वा दिदैनन् त्यो कुरा हामी भन्दैनौ,तिमिहरु त्यो कुरा समयमै जानिराख अनि बुझिराख ।
संसारको कुनै न कुनै ढंगले चितपरिचित देश नेपाललाई क्रेडास्थल बनाउने अमेरिकि सेनाको पर्यट स्थल वा विश्व समाचार बनाउने, भित्रभित्रै बेच्ने र जन्तालाई दिनमै रात पार्ने कुचेष्टा कोहि शाषक दलालले गर्न पाईदैन् । होसियार, सम्राज्यबादी तिमिहरु बिश्वका सबै मान्छे मार्ने, आतंक सृजना गर्ने,बोट बिरुवा मास्ने,दादागिरि चलाउने, ऐजेन्ट खडा गर्ने, एनजीओ, आइएनजिओ, मार्फत नीति योजना प्रबेश गराउने, बिश्वभरि आफ्नो सुचना संयन्त्र खडा गर्ने,त्यहि योजनालाई पास गर्न कमिसन खाना उनिहरुकै तलुवा चाट्न पाउ मोल्न तयार हर कोहि कम्युनिस्ट,काङ्ग्रेस,दल समूह जो सुकै ब्यक्तिलाई साधारण जनता सचेत नागरिकले तिमिहरुकै भाषाको सिसि क्यामरा तैनाथ गरेका छन् ।
भ्वाईस रेकर्ड पर सेकेण्डको राखिराखेका छन् गर,गर सकेको गर ! शोषण गर,दमण गर,गोलि चलाउ, प्रशाषण लगाउ,जेल हाल, मान्छे मार,किनकि तिम्रा हातमा सत्ता छ सत्ताको आड अनि भरोसामा तिमिले सकेको काम गर ।