२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

एमसीसी नेपालका लागि अमेरिकी जनताको उपहार हो : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी नेपालका लागि अमेरिकी जनताको उपहार भएको बताएका छन् । नेपालको विकासका लागि एमसीसी आवश्यक रहेकाले बताउँदै उनले यसलाई पारित गर्नुपर्ने धारणा राखेका छन् ।

तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले एमसीसी अमेरिकी जनताको उपहार भएकाले अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका हुन् । बिहीबार तनहुँ पुगेका नेता पौडेलले व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, वृता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारलगायत स्थानमा पुगेर कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् ।

उनले राजनीति र विकाससँगै लैजान सके जनताको समस्या समाधान गर्न सकिने बताएका छन् । उनले जनताको हरेक समस्या समाधानका लागि जनप्रतिनिधि सदैव प्रतिबद्ध हुनुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com