पार्टी प्रवेश कार्यक्रमलाई ब्यापक बनाउनुपर्ने :अध्यक्ष ओली

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार भक्तपुरको गठ्ठाघरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी अब तुफानको रुपमा अगाडि बढ्ने बताएका हुन् ।
अध्यक्ष ओलीले भनेका छन्, ‘हामी तुफानको रुपमा अगाडि बढ्छौं । कम्तीमा ६० प्रतिशत भोट हाम्रो पक्षमा ल्याऔं ।’
त्यस्तै अध्यक्ष ओलीले स्थायी कमिटी तथा पोलिटव्यूरो गठन मन नपरेको भएतापनि मान्नुपर्ने बताएका छन । पार्टीको महाधिवेशन भर्खरै भएको र केन्द्रीय कमिटी सर्वोच्च संस्था भएको उनको भनाइ थियो ।
यसका साथै उनले पार्टी प्रवेश कार्यक्रमलाई ब्यापक बनाउनुुपर्ने पनि बताएका छन् ।