२०८१ श्रावण २ - Wed Jul, 2024 -

Janasewa News

मौसम गुरुङको नयाँ गीत ‘डाँडैमा टुनी छ’ मा,सचिन परियारको अभिनय

काठमान्डौ- नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेका लोकप्रिय गायक मौसम गुरुङको आवाजमा नँया गीत बजारमा आएको छ। डाँडैमा टुनी छ नामक नया गीतमा मौसम गुरुङलाइ आवाजमा भने रिना थापा र दर्शना तिरुवाले दिएका छन।पछिल्लो समय मौलिक गीतहरुको खडेरी देखिदै आएको छ।मौलिकताको खोजि हुने क्रम जारि पनि छ त्यसैको एउटा उदाहरण हो मौसम गुरुङको यो गीत।

फरक परिबेस र प्रेम कथालाई बिशेष मध्यनजरमा राखेर बनाईएको उक्त गीतमा लय ओम छिनालको रहेको छ भने शब्द रिना थापाले कोरेकी छिन।मौसम गुरुङ एक त् अलिक फरक शैलीका सृजना रुचाउने गायक हुन्।उनको आज सम्म आएका सबैजसो गीतहरुले नेपाली जनमानसमा धेरै प्रभाब पारिरहेको पाइन्छ।एक सफल ब्यबसायी देखि कलाकारितामा पनि उतिकै छलाङ्ग मारेका गुरुङको यो अर्को ऐतिहासिक गीत हो।

मौसम गुरुङकै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतको निर्देशन भने दिप गुरुङले गरेका छन। चर्चित गायक अर्जुन सापकोटा ,जुना गुरुङ,एम बि गुरुङ , सुस्मिता आले मगर,श्याम राना मगर ,क्रिष्टिना तिवारी,सचिन परियार ,रबिन गुरुङ लगाएत धेरै कलाकारको उक्त गीतमा अभिनय रहेको छ।मधुर बस्नेतको छायांकनमा निर्माण भएको गीतको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।पुरा भिडियो हेरेर प्रतिक्रिया दिनुहोला

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com