२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

कृषाको ‘ऐँचोपैँचो’मा दिदी बहिनीको भूमिकामा स्वस्तिमा र वर्षा

कृषाको ‘ऐँचोपैँचो’मा दिदी बहिनीको भूमिकामा स्वस्तिमा र वर्षा

काठमाडौँ । निर्माताबाट निर्देशकमा बढुवा हुने तयारी गरिरहेकी कृषा चौँलागाईँले डेब्यू फिल्म ‘ऐँचोपैँचो’मा स्वस्तिमा खड्का र वर्षा राउतलाई दुई मुख्य भूमिकामा अनुबन्ध गरेकी छिन् । फागुनमा सुटिङमा जाने गरी तयारी भइरहेको फिल्ममा स्वस्तिमाले वर्षा राउतको बहिनीको भूमिका निर्वाह गर्नेछिन् । फिल्ममा दुई हिरोको रुपमा भने मुकुन भुसाल र सुशील सिटौला अनुबन्ध भइसकेका छन् ।

‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ निर्माण गरेकी कृषाले चौथो फिल्ममा भने निर्माणसँगै निर्देशनको पनि जिम्मेवारी निर्वाह गर्न लागेकी हुन् । फिल्मले स्त्री लम्पट वृद्धको मृत्युपछि परिवारमा खुल्दै जाने अनेक रहस्यलाई कथा बनाएको छ ।

सुरुमा निर्माण टिमले स्वस्तिमा र आँचल शर्मालाई लिएर फिल्म बनाउन चाहेको थियो । तर आँचलले स्वस्तिमासँग फिल्म गर्न अनिच्छा देखाएपछि निर्माण टिमले वर्षालाई अनुबन्ध गरेको हो । अभिमन्यु निरबीले लेखेको पटकथालाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com