२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कमेडी क्लब विथ च्याम्पियन्सुले मनायो २६ भागको सफलता पार्टी

कमेडी क्लब विथ च्याम्पियन्सुले मनायो २६ भागको सफलता पार्टी

नेपाल टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारण भइरहेको चर्चित कमेडी रियालिटी शो कमेडी क्लब विथ च्याम्पियन्सुको टिमले सफलता पार्टी मनाएका छन्।

शो प्रसारणको २६ भाग पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सफलताको पार्टी मनाएको हो।

शोका निर्देशक विशाल भण्डारीले सुरुआतमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भए पनि अहिले दर्शकको माया पाउँदा खुशी लागेको बताए।

सुरुआतमा युट्युबमै भ्यूज नपाउँदा समस्या भएको थियो, अहिले हरेक शो १० लाखभन्दा बढीले युट्युबमा हेरिरहेका छन्। अब हामी नयाँ(नयाँ सोचका साथ शोलाई अगाडि बढाउँछौं, उनले भने।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका हास्य कलाकार दीपकराज गिरीले भने, पहिलो भागमा म अतिथिको रुपमा पुगेको थिएँ। शो समयमा कलाकारहरूले मलाई हँसाउन सकेनन्। तर अहिले शो गज्जब तरिकाले अगाडि बढिरहेको छ। यो शोमा सहभागी भाइबहिनीहरूको प्रगति देखेर खुशी लागेको छ।

यस्तै शोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुशी व्यक्त गरिन्। उनले शोमा रमाइलो गर्दै पारिवारिक वातावरणमा काम गरेको बताइन्।

कमेडी क्लब विथ च्याम्पियन्सुको अबको बाँकी भाग कमेडियन विक्की अग्रवालले निर्देशन गर्नेछन्। १० भागसम्म विक्कीले नै निर्देशन गरेको शोको बाँकी भाग विशालले अगाडि बढाएका थिए। तर अब बाँकी भाग विक्कीले नै सुरु गर्नेछन्।

शोमा सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिँदै आएका छन्। एड्भटाइजिङ र थर्ड आई प्रोडक्सनसँग मिलेर निर्माण गरिएको शो आउँदो वर्षको असार मसान्तसम्म चल्नेछ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com