२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

भ्यालेन्टाइनमा २ करोड मूल्य बराबरको गुलाब माग

काठमाडौँ । १४ फेब्रअरीलाई हाल संसारभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस भनेर मनाइने प्रचलन रहेको छ। यसै दिवसलाई नेपालमा पनि पछिल्लो केही वर्षदेखि युवा पुस्तामाझ निकै लोकप्रिय र तरिकाले मनाउने गरेका छन् । भ्यालेन्टाइन डेु मा प्रेमी प्रेमिकाले एक अर्कालाई गुलाबको फुल तथा गिफ्ट कार्ड दिने प्रचलन बढ्दै गएको छ ।

प्रेम सम्बन्धमा रहेका जोडीहरूले एक अर्कालाई भेट्दा विशेष उपहार तथा पुल दिने प्रचलन बढ्दै गएपछि पछिल्ला केही वर्षहरूमा नेपालमा पनि भारत तथा अन्य मुलुकबाट भित्रिने गुलाब तथा ग्रेटिङ संख्या पनि बढ्दै गएको छ । एक साताअघिबाट सुरु हुने भ्यालेन्टाइन ७ फेब्रुअरीदेखि सुरु भएर १४ फेब्रुअरीमा समाप्त हुने गरेको छ । विशेषत रोज डेु र भ्यालेन्टाइन डेु को दिन सबैभन्दा धेरै गुलाब स्टिम माग हुने गरेको व्यावसायीहरू बताउँछन् ।

दुई करोडको गुलाब खपत

यसपालीको भ्यालेन्टाइन डेु का लागि नेपालमा २ करोडको गुलाब माग रहेको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ । कोभिड(१९ को केही घटेपछि चहलपहल बढ्दै जाँदा यसपालि गुलाबको माग पनि केही बढेको व्यवसायीहरू बताउँछन् । पाटनमा गिफ्ट तथा फुल व्यापार गर्दै आएका सुमन शाक्य विशेषत १६ देखि ३५ वर्षका युवा युवतीहरूले फुल तथा गिफ्ट एवं कार्ड खरिद गर्ने गरेको बताउँछन् । भ्यालेन्टाइन त प्रेमीहरूको लागि हाम्रो दशैं तिहार जस्तो भएको छ फुल तथा गिफ्ट दिनको लागि युवा तथा युवतीले सुझाव माग्‍ने गरेको शाक्य बताउँछन् ।

सबैभन्दा धेरै रोज डेमा गुलाब बिक्री भएको र अब भ्यालेन्टाइन डेको दिन बढी व्यापार हुने आशा रहेको उनको भनाइ छ । बजारमा हाल आयातित र आन्तरिक उत्पादन भएको गुलाफको फुलको गुणस्तरअनुसार प्रतिस्टिम मूल्य ७० रुपैयाँदेखि २ सय रुपैयाँसम्म बिक्री हुने गरेको शाक्य बताउँछन् ।

भ्यालेन्टाइनको लागि यस वर्ष २ लाख ३० हजार स्टिम माग रहेको फ्लोरिकल्चर एशोसियसनका अध्यक्ष मानबहादुर तामाङ बताउँछन् । यसमा आन्तरिक उत्पादन १० प्रतिशत तथा बाँकी अन्य देशबाट आयात हुने उनको भनाइ छ । भारतबाट गुलाबको आयात भैसकेको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा आयात कडाइका लागि शतप्रतिशत तथा ५० प्रतिशत मार्जिन प्रावधान लागू गरेपछि भने समस्या भएको तामाङ बताउँछन् । राष्ट्र बैंकले अनिवार्य एलसी खोल्नुपर्ने नियमको परिपत्र लागू गरेको र यसले भन्सारमा सामान अड्किएको भन्ने खबर आएको छ यसले भोलि बाँकी सामान आउँछ कि आउदैन भन्ने अवस्था छैन्ु तामाङले इकागजसँग भने । नेपालमा आउने कुल मागको ६० प्रतिशत गुलाब काठमाडौँमा खपत हुने पुष्प व्यावसायीहरू बताउँछन् । उपत्यका बाहिर पोखरा धरान लगायतका बजारमा बढी गुलाबको स्टिम खर्च हुने गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com