२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

काठमाण्डौ–बहराइन सिधा उडानबारे छलफल

काठमाण्डौ – बहराइन र नेपालबीच सिधा हवाइ उडानबारे छलफल भएको छ । बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी बीएसीका प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफलाहबीच काठमाण्डौ–बहराइन हवाइ सम्पर्क स्थापना गर्ने विषयमा छलफल भएको छ ।

बिएसी भवनमा हिजो भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाण्डौ मनामाबीच सिधा हवाइ सम्पर्क स्थापना गर्ने सम्बन्धमा गहन छलफल भएको बहराइनको लागि नेपाली दूतावासले जनाएको छ । भेटका क्रममा अलबिनफलाहले वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने बताउनुभएको पनि दूतावासले जनाएको छ ।

बहराइन नेपालीहरुको श्रम गन्तव्य देश हो । अहिलेसम्म नेपालीहरुले दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर बहराइन गइरहेको अवस्था छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com