२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

एन्फा अध्यक्ष र कतारका राजदूतबीच भेट, फुटबल सम्बन्ध सुमधुर बनाउने प्रतिबद्धता

एन्फा अध्यक्ष र कतारका राजदूतबीच भेट, फुटबल सम्बन्ध सुमधुर बनाउने प्रतिबद्धता

जनसेवा न्युज डटकम संवाददाता

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँग बुधबार उनकै निवास काठमाडौंमा भेट गरेका छन् । राजदूत अल हेलले नेम्बाङलाई एन्फाको नेतृत्वमा निर्वाचित भएकोमा बधाई पनि दिए ।

भेटका अवसरमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मालेकुले राजदूतसँग कतार र नेपाली फुटबलको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । दुवै पक्षले संयुक्त सहकार्य र सहकार्यबाट नेपालमा फुटबलको विकास गर्न सहमत भएका छन् । भेटमा थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकारको​ पनि उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com