२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्न समाजवादी मोर्चा : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा बनाउन खोजिएको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निश्चित विचार मिल्ने समाजवादी शक्तिहरू एक हुनु स्वाभाविक रहेको भन्दै समाजवादी शक्तिहरूलाई एकीकृत गर्न मोर्चा बनाउन खोजिएको बताए । उनले समाजवादी मोर्चाका कारण कोही पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै मोर्चामा आगामी दिनमा अन्य दललाई पनि गोलबन्द बनाउने धारणा राखे ।

राम्रो उद्देश्यका लागि एक ठाउँ आउँदा विरोध गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका दलले सोमबार समाजवादी मोर्चा घोषणा गर्दै छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com